मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

Title

पहिचार पक्षधरसँग कोशी प्रदेश सरकारले थाल्यो दोस्रो चरणको वार्ता



विराटनगर । कोशी प्रदेश सरकार र पहिचानवादी संगठनका प्रतिनिधिबीच आज दोस्रो चरणको वार्ता सुरु भएको छ ।

प्रदेशको नामकरणप्रति असन्तुष्ट रहँदै आएको प्रदेश पुनः नामकरण संघर्ष समितिका प्रतिनिधि र सरकारी वार्ता टोलीबीच दोस्रो चरणको वार्ता सुरु भएको हो ।

विराटनगरस्थित इस्टर्न स्टार होटलमा बुधबार अपराह्न ४ बजे वार्ता सुरु भएको हो । गत माघ २६ गते दुबै पक्षबीच पहिलो चरणको वार्ता भएको थियो ।

त्यस क्रममा ५ बुँदे सहमति भएको थियो । पहिचान पक्षधरले निषेधको आन्दोलन फिर्ता लिएर शान्तिपूर्ण आन्दोलन गर्ने, आन्दोलनमा घाइते भएकाहरूको सरकारले उपचार गरिदिने र आन्दोलनकारीहरूमाथि लगाइएको मुद्दा फिर्ता लिने सहमति भएको थियो ।

यसैगरी, प्रदेशको पुनः नामकरणको लागि राजनीतिक सहमति जुटाउन पहल गर्ने सहमति पनि गरिएको थियो ।

वार्तामा सरकारी टोलीबाट उद्योग, कृषि तथा सहकारी मन्त्री रामकुमार खत्रीलगायत सहभागी छन् ।

कोशी सरकारले भौतिक पूर्वाधार विकासमन्त्री कमलप्रसाद जबेगु संयोजक रहनेगरी वन वातावरण तथा पर्यटन गणेश उप्रेती सदस्य तथा आन्तरिक मामिला मन्त्रालयका सचिव लक्ष्मीप्रसाद पौडेलले सदस्य रहने गरी समिति बनाएको थियो ।

मन्त्री खत्रीलाई वार्ता समिति सदस्यमा थप गरिएको हो ।

प्रकाशित मिति : ९ फाल्गुन २०८०, बुधबार  ७ : २४ बजे