काठमाडौं । नेपाल उद्योग वाणिज्य महासङ्घका अध्यक्ष चन्द्रप्रसाद ढकालले ग्लोबल आइएमई बैंकलाई विश्वका उत्कृष्ट एक हजार बैंकको सुचिमा पुर्याउन सम्भब रहेको बताएका छन् । बैंकका अध्यक्ष समेत रहेका ढकालले एक मिडिया अन्तर्बाताका क्रममा यस्तो बताएका हुन् ।
पुँजिको आकारका आधारमा बैंक विश्वका उत्कृष्ट एक हजार बैंकको सुचिनजिक रहेको भन्दै अध्यक्ष ढकालले थप एक दुई बर्ष नगद लाभांस नबाड्दा मात्रै पनि पुँजिको आकारका आधारमा ग्लोबल आइएमई बैंक विश्वका उत्कृष्ट एक हजार बैंकमा पर्ने दाबि गरे ।
यसअघीनै बैंकलाई विश्वका उत्कृष्ट एक हजार बैंकमा पार्ने योजना सार्बजनिक गरिसकेका ढकालले अन्तर्बाताका क्रममा पुन अठोट दोहोर्याए ।
ढकालले लगानिका नबिन क्षेत्र पहिल्याउदै निरन्तर लगाबसहित सरकारको निती, र देशको आवश्कताका आधारमा लगानि बिस्तार गरेर सफल ब्यबसायिको पहिचान बनाएका छन् । नेपालको आर्थिक क्षेत्र र जनमानसमा समेत उनले अघिि सारेका लगानि र ब्यबसायका योजना पुरा हुन्छन् भन्ने छाप छ ।
भिडियो











