मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

Title

मेचीनगरको भगवती लेमिनेट्स उद्योगमा विहान ५ बजेबाट सुरु भएको आगलागी अझै नियन्त्रणमा आएन



झापा । मेचीनगरको भगवती लेमिनेट्स उद्योगमा आज विहान ५ बजेदेखि सुरु भएको आगलागी भएकोे छ । आगलागी अझै पूर्ण रुपमा नियन्त्रणमा आउन सकेको छैन ।आगलागी हुँदा उद्योगमा थुपारेर राखिएको कचेडा पत्ता र काठका मुढाहरु जलेका छन् ।

मेचीनगर–१५ का वडाध्यक्ष राजन भट्टराईका अनुसार सोमबार विहान ५ बजेदेखि लागेको आगो अझै नियन्त्रणमा आउन सकेको छैन ।उद्योगमा विद्युत सर्किट सर्ट भएर आगलागी भएको हुन सक्ने इलाका प्रहरी कार्यालय धुलाबारीका इन्स्पेटर रोहित शर्माले बताए । अहिले उत्तर र पूर्वतिर आगो नियन्त्रण भएको छ भने उद्योगको पश्चिमतिर अझै पूर्ण रुपमा आगो नियन्त्रण लिन नसकिएको प्रहरीको भनाई छ । आगो पुर्ण रुपमा नियन्त्रणमा आउन आज दिनभरि लाग्न सक्ने अनुमान शर्माको छ ।

शर्माका अनुसार नेपाल प्रहरी, सशस्त्र प्रहरी, नेपाली सेना र स्थानीयबासीको सहयोगमा आगो नियन्त्रण गर्ने प्रयास भइरहेको छ । झापाका ७ वटा स्थानीय तहका बारुण यन्त्रले आगो निभाउने प्रयास गरिरहेका छन् । उनका अनुसार अब मोरङदेखि थप दमकल मगाइएको छ ।

यो समाचार तयार पार्दै गर्दा भारतबाट समेत दमकल बोलाइएको छ । भारतको नक्सलबारीबाट दमकल घटनास्थलतर्फ आउँदै गरेको मेचीनगर उद्योग वाणिज्य संघका पुर्व अध्यक्ष विजय डालमियाले जानकारी दिएका छन् ।

प्रकाशित मिति : २८ फाल्गुन २०८०, सोमबार  १ : ३७ बजे