काठमाडौं । आज बजारमा सुनको मूल्य घटेको छ । आइतबार सुनको मूल्य तोलामा ४०० रुपैयाँले घटेको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ ।
आज छापावाल सुन प्रतितोला एक लाख २५ हजार रुपैयाँमा कारोबार भइरहेको छभने अघिल्लो दिन छापावाल सुन प्रतितोला एक लाख २५ हजार ४०० रुपैयाँमा कारोबार भएको थियो ।
तेस्तै तेजाबी सुन प्रतितोला एक लाख २४ हजार ४०० रुपैयाँमा कारोबार भइरहेको छ ।
आज चाँदीको मूल्य भने तोलामा १५ रुपैयाँले बढेर प्रतितोला एक हजार ५३० रुपैयाँमा कारोबार भइरहेको महासंघले जनाएको छ ।











