सुन चाँदीको मूल्य घट्यो, कतिमा हुदैछ कारोबार ?



काठमाडौँ, ५ चैतः स्थानीय बजारमा सुनको मूल्यमा सामान्य हेरफेर भएको छ । नेपाल सुनचाँदी व्यवसायी महासङ्घका अनुसार छापावाला सुनको मूल्य प्रतितोला रु पाँच सयले घटेको छ ।

आइतबार प्रतितोला रु एक लाख २५ हजार मूल्यमा कारोबार भएको छापावाला सुनको मूल्य आज प्रतितोला रु एक लाख २४ हजार पाँच सय कायम भएको छ । 

यस्तै, तेजाबी सुनको मूल्य आइतबार रु एक लाख २४ हजार चार सय कायम भएकोमा आज भने तोलामा रु पाँच सयले घटेर रु एक लाख २३ हजार नौ सय कायम भएको छ । 

यस्तै, चाँदीको मूल्य पनि सामान्य घटेको छ । आइतबार प्रतितोला रु एक हजार तीन सय १२ मा कारोबार भएको चाँदी आज भने प्रतितोला रु एक हजार तीन सय तीन निर्धारण भएको छ ।

प्रकाशित मिति : चैत्र ५, २०८० सोमबार  ११ : ४१ बजे