मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

Title

सुरु भयो एसइई (तस्बिरहरू)



काठमाडौं– यस शैक्षिक सत्रको माध्यमिक शिक्षा परीक्षा (एसइई) सुरु भएको छ ।

आउँदो २७ गते सम्म हुने परिक्षाको पहिलो दिन आज बिहान ८ बजेदेखि सुरु भएको हो । अहिले अनिवार्य अंग्रेजीको परिक्षा भइरहेको छ ।


परीक्षाका लागि देशभर दुई हजार ६४ केन्द्र तोकिएका छन् । परीक्षामा देशभरका पाँच लाख चार हजार चार सय १४ परीक्षार्थी सहभागी हुने भएको राष्ट्रिय परीक्षा बोर्डले जानकारी दिएको छ ।

परीक्षा सञ्चालनका लागि देशभर ७७ हजार पाँच सय जनशक्ति परिचालन गरिएको छ ।
परीक्षा शान्त र मर्यादित ढंगबाट भइरहेको बताइएको छ ।

प्रकाशित मिति : १५ चैत्र २०८०, बिहिबार  ९ : ४० बजे