मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

Title

पूर्वमेयरसहित चारजना र एक निर्माण कम्पनीविरुद्ध मुद्दा दायर



काठमाडौं । सिराहाको कर्जन्हा नगरपालिकाका तत्कालीन नगर प्रमुख(मेयर) गंगा पासवानसहित चार जना र एक निर्माण कम्पनीविरुद्ध भ्रष्टाचार गरेको आरोपमा अख्तियार दुरुपयोग अनुसन्धान आयोगले विशेष अदालतमा मुद्दा दायर गरेको छ ।

आर्थिक वर्ष २०७८÷०७९ मा नगरपालिकाको प्रशासनिक भवन निर्माणका लागि भएको ठेक्कामा अनियमितता गरेको उजुरीका आधारमा अनुसन्धान गर्दा तत्कालिन नगर प्रमुख पासवान र तत्कालिन निमित्त प्रमुख प्रशासकीय अधिकृत जगदीश मण्डलले निर्माण स्थलको व्यवस्था नभई सार्वजनिक निकायले वोलपत्र आव्हान गर्न नहुने प्रावधान विपरीत कार्य गरेको पाइएको अख्तियारका प्रवक्ता नरहरि घिमिरेले जानकारी दिए ।

सार्वजनिक सम्पत्तिको हानी नोक्सानी गराउने कार्य गरेको भन्दै अख्तियारले उनीहरु उपर एक करोड आठलाख रुपैंया बिगो कायम गरेको छ ।

यस्तै,तत्कालिन निमित्त प्रमुख प्रशासकीय अधिकृत बुद्धिमान दनुवार र लेखापाल प्रविन कुमार महतोले सार्वजनिक खरिद ऐनको प्रावधान विपरित कार्य गरेकाले सोही रकम बमोजिम बिगो दावी गरेको छ ।

यस्तै महालक्ष्मी पाण्डेको नाममा रहेको कम्पनीको हकमा पेश्की भुक्तानी लिएपनि काम शुरु नगरेको र फिर्ता दाखिला नगरी सार्वजनिक सम्पत्तिको हानिनोक्सानी गरेको अख्तियारको ठहर छ ।

प्रकाशित मिति : १५ चैत्र २०८०, बिहिबार  ११ : २२ बजे