आज काठमाडौंमा समाजवादी मोर्चाको सभाः प्रधानमन्त्री प्रचण्डसहित शीर्ष नेताहरूले सम्बोधन गर्ने



काठमाडौं– समाजवादी मोर्चाले आज काठमाडौंमा बृहत् अन्तरक्रिया कार्यक्रम (सभा) गर्दैछ ।

सत्तारुढ दल नेकपा माओवादी केन्द्र, नेकपा एकीकृत समाजवादी, जनता समाजवादी पार्टी र नेत्रविक्रम चन्द विप्लव नेतृत्वको नेकपा सम्मिलित मोर्चाले काठमाडौंमा फेरि अर्को सभा गर्न लागेको हो ।

सभामा माओवादी केन्द्रका अध्यक्ष एवम् प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डसहित चारवटै दलका शीर्ष नेताहरूले सम्बोधन गर्ने कार्यक्रम रहेको छ ।

काठमाडौंको राष्ट्रियसभा गृहमा मंगलबार मध्यान्ह १२ बजे नेपाली विशेषताको समाजवाद विषयक अन्तरक्रिया कार्यक्रम हुने र कार्यक्रमलाई चार वटै दलका अध्यक्षहरूसहितले सम्बोधन गर्ने कार्यक्रम रहेको जसपाका प्रचार विभाग प्रमुख पूर्ण बस्नेतले जानकारी दिए ।

प्रधानमन्त्री प्रचण्डले आफू प्रधानमन्त्री भएयता समाजवादी मोर्चालाई सत्ता रक्षा गर्ने कवजकारुपमा निरन्तर सक्रिय बनाउँदै आएका छन् ।

प्रकाशित मिति : चैत्र २०, २०८० मंगलबार  ७ : ४१ बजे