विदेशी मुद्रा विनिमय दरः डलरको मूल्य स्थिर



काठमाडौं– नेपाल राष्ट्र बैंकले आजका लागि विदेशी मुद्राको विनिमय दर तोकेको छ ।

जसअनुसार आज मंगलबार अमेरिकी डलर एकको खरिद दर १३३ रुपैयाँ १५ पैसा र बिक्री दर ३३ रुपैयाँ ७५ पैसा कायम छ ।

सोमबार पनि यही मूल्यमा कारोबार भएको थियो । मंगलबार युरो एकको खरिद दर १४३ रुपैयाँ ५८ पैसा र बिक्री दर १४४ रुपैयाँ २३ पैसा रहेको छ ।

सोमबार युरो एकको खरिद दर १४३ रुपैयाँ ७४ पैसा र बिक्री दर १४४ रुपैयाँ ३८ पैसा रहेको थियो ।

त्यस्तै, बेलायती पाउन्ड एकको खरिद दर १६७ रुपैयाँ ९६ पैसा र बिक्री दर १६८ रुपैयाँ ७१ पैसा पुगेको छ । सोमबार खरिद दर १६८ रुपैयाँ १० पैसा र बिक्री १६८ रुपैयाँ ८६ पैसाले कारोबार भएको थियो ।

कतारी रियालको मूल्य एकको खरिद दर ३६ रुपैयाँ ५१ पैसा र बिक्री दर ३६ रुपैयाँ ६८ पैसा कायम रहेको छ ।

प्रकाशित मिति : २० चैत्र २०८०, मंगलबार  ८ : ५७ बजे