कांग्रेसले राष्ट्रियसभा उपाध्यक्षमा पुडासैनीलाई उठाउने



काठमाडौं– नेपाली कांग्रेसले राष्ट्रियसभाको उपाध्यक्षमा विष्णुदेवी पुडासैनीलाई उम्मेदवार बनाउने भएको छ ।

मंगलबार बिहान बसेको संसदीय दल कार्यसमितिको बैठकले पुडासैनीलाई राष्ट्रियसभा उपाध्यक्षको उम्मेदवार बनाउने निर्णय गरेको हो ।

पुडासैनी बागमती प्रदेशबाट महिलातर्फ राष्ट्रियसभा सदस्य निर्वाचित भएकी हुन् । राष्ट्रियसभा उपाध्यक्षका लागि मंगलबार उम्मेदवारको मनोनयन दर्ता गर्ने समय तोकिएको छ ।

प्रकाशित मिति : चैत्र २७, २०८० मंगलबार  ९ : ३८ बजे