काठमाडौँ– प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’सँग भेट गरेपछि बाहिरिएका नेकपा एमाले का अध्यक्ष केपी शर्मा ओलीले संसदको हिउँदे अधिवेशन अन्त्य हुने बताएका छन्।
सिंहदरबारमा शुक्रबार दिउँसो नेकपा ९माओवादी केन्द्र०का अध्यक्षसमेत रहेका प्रधानमन्त्री दाहालसँग भेटेपछि बाहिरिने क्रममा अध्यक्ष ओलीले पत्रकारहरूसँग कुराकानी गर्दै संसदको अधिवेशन अन्त्य हुने बताएका हुन्।
‘अधिवेशन अन्त्य हुन्छ,’ बिजनेस नपाएर अधिवेशन अन्त्य गर्न लागिएको हो भन्ने पत्रकारको प्रश्नमा ओलीले भने, ‘हैन१ कांग्रेसले चल्न नदिएर हो।’
कांग्रेसले सहकारी प्रकरणमा उपप्रधान तथा गृहमन्त्री रवि लामिछाने जोडिएकोले संसदीय छानबिन समिति गठनको माग गर्दै आएको छ। प्रतिनिधि सभा बैठक वैशाख २ गतेसम्मका लागि स्थगित छ।
सरकारले अधिवेशन अन्त्य गरेर अध्यादेश ल्याउने चर्चासमेत भइरहेको छन्। प्रधानमन्त्री दाहालले लगानी वातावरण बनाउन अध्यादेश ल्याउन सकिने पनि अभिव्यक्ति दिएका थिए।
ओली सिंहदरबारबाट बाहिरिने बित्तिकै मन्त्रिपरिषद बैठक पनि सुरु भएको छ।














