कुमारी बैंकले ल्यायो नयाँ वर्ष अफर, भाग्यशाली ग्राहकले आइफोन १५ जित्ने



काठमाडौं । कुमारी बैंकले “नयाँ वर्ष २०८१ जितौ आइफोन १५ एकास्सी” नयाँ अभियान सुचारु गरेको छ । डिजिटल बैंकिङ्ग अनुभवको अभिवृद्धि गर्नका लागि एफवान सफ्ट इन्टरनेशनलसँगको सहकार्यमा ग्राहकहरुका लागि अभियान सुरु गरेको बैंकले जनाएको छ ।

अभियान अन्तर्गत कुमारी बैंकका नयाँ तथा पुराना ग्राहकहरुले कुमारी स्मार्ट एप प्रयोग गरी ५ सय रुपैयाँको टपअप र कुनैपनि एउटा मबतबउबअप खरिद गर्दा एक भाग्यशाली ग्राहकले ब्रान्ड न्यु आइफोन जित्न सक्नेछन् ।

यस अभियानमा सहभागी हुनका लागि ग्राहकले आफ्नो नजिकैको शाखाबाट मोबाइल बैंकिङ्गमा दर्ता गर्न सक्नेछन् । अभियानको अवधि वैशाख १ देखि वैशाख ३१ सम्म रहेको बैंकले जनाएको छ ।

कुमारी बैंक लिमिटेडले ३०२ शाखा, ५० वटा एक्सटेन्सन काउन्टर र ६७ वटा शाखारहित बैंकिङ्ग एकाइहरू सहित देशका विभिन्न शहरी, अर्धशहरी तथा ग्रामीण भेगमा अवस्थित ४१६ पोइन्टहरु मार्फत आधुनिक बैंकिङ्ग सेवाहरु उपलब्ध गराउँदै आएको छ ।

प्रकाशित मिति : १ बैशाख २०८१, शनिबार  १ : ०३ बजे