मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

Title

सुदूरपश्चिममा मुख्यमन्त्रीका लागि दाबी पेश गर्न पुनः २ दिन म्याद थपियो



धनगढी । सुदूरपश्चिमका प्रदेश प्रमुख नजिर मियाँले मुख्यमन्त्रीका लागि परेका दुवै दाबी अस्वीकृत गरेका छन्।

सुदूरपश्चिमको मुख्यमन्त्रीमा आइतबार नागरिक उन्मुक्ति पार्टीको रेशम चौधरी पक्षका लक्ष्मणकिशोर चौधरी र रञ्जिता श्रेष्ठ पक्षका कैलाश चौधरीले गरेको दाबी मियाँले अस्वीकृत गरेका हुन्।

लक्ष्मणलाई नेपाली कांग्रेस र एकीकृत समाजवादीको समर्थन थियो। कैलाशलाई एमाले र माओवादी केन्द्रको समर्थन थियो।

मंगलबारै लक्ष्मणलाई समर्थन गरेका नेकपा एस संसदीय दलका नेताले समर्थन फिर्ता लिएको जानकारी प्रदेश प्रमुखलाई गराएका थिए।

नाउपाका दुई जनाको दाबीलाई दुई दिनसम्म रोकेर दाबी नपुगेको भन्दै २ दिन म्याद थप दिएर मुख्यमन्त्रीमा दाबी पेश गर्न दलहरूलाई आह्वान गरेका छन्।

मियाँले संविधानको धारा १६८ को ९२० अनुसार मुख्यमन्त्रीमा दाबी पेश गर्न ६ वैशाखको साँझ ५ बजेसम्म समय दिएका छन्।

प्रकाशित मिति : ४ बैशाख २०८१, मंगलबार  ६ : ३६ बजे