मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

Title

सुदूरपश्चिममा नेकपा एसले सोडारीलाई बनायो उम्मेदवार, दाबी पेश गर्न भने सकेनन्



काठमाडौं । नेकपा (एकीकृत समाजवादी) सुदूरपश्चिम प्रदेश सभा संसदीय दलका नेता दीर्घबहादुर सोडारीले आज पनि मुख्यमन्त्रीमा आफ्नो दाबी पेश गर्न सकेनन् । प्रदेश प्रमुख नजीर मियाँले हिजो दुई दिनको समय दिएर सरकारमा दाबी पेश गर्न पुनः दलहरुलाई आह्वान गरेका थिए । सत्तारुढ गठबन्धन दलमा प्रष्ट बहुमत हुँदा पनि एमालेका कारण एकीकृत समाजवादीका नेता सोडारीले दाबी पेश गर्न नसकेका हुन् ।

एमालेले सदूरपश्चिममा अहिलेसम्म दीर्घ सोडारीलाई समर्थन गर्ने वा नगर्ने कुनै निर्णय गरेको छैन ।

यसअघि आजैं एकीकृत समाजवादीले सुदूरपश्चिम प्रदेशको मुख्यमन्त्रीका लागि दीर्घ सोडारीलाई उम्मेदवार बनाउने निर्णय गरेको थियो ।

पार्टी केन्द्रीय कार्यालय आलोकनगरमा आज बसेको ८०औँ सचिवालय बैठकले सुदूरपश्चिम प्रदेशसभाका संसदीय दलका नेता सोडारीलाई मुख्यमन्त्रीको उम्मेदवार बनाउने निर्णय गरेको सो पार्टीका उपमहासचिव एवं प्रवक्ता जगन्नाथ खतिवडाले जानकारी दिए।

प्रकाशित मिति : ५ बैशाख २०८१, बुधबार  ६ : १८ बजे