मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

Title

सेयर बजारमा सुधार, परिसूचकमा दोहोरो अंकको बढोत्तरी



काठमाडौं । नयाँ वर्षको सुरुबाटै ओह्रालो लागेर गत साता घटेको सेयर बजारमा आइतबार भने सुधार देखिएको छ । १२.२९ अंकको बढोत्तरीसँगै नेप्से परिसूचक १९८४.४३ अंक रह्यो ।

वाणिज्य बैंक र म्युचुअल फण्डबाहेक सबै उपसमूह बढ्दा नेप्सेमा सुधार देखिएको हो । ६३ लाख ९३ हजार २४५ कित्ता सेयर २ अर्ब २५ करोड ९९ लाख रुपैयाँमा कारोबार भएको छ ।

सर्वाधिक बढ्नेमा उत्पादन तथा प्रशोधन १.९० र जलविद्युत उपसमूह १.१५ प्रतिशतको बढोत्तरी छ । कारोबारमा आएका कम्पनीमध्ये १ सय ७६ वटाको सेयरमूल्य बढ्दा लगानीकर्ता फाइदामा रहे । ६३ कम्पनीको सेयरमूल्य घट्यो भने ६ कम्पनीको सेयरमूल्य स्थिर रह्यो ।

दोल्ती पावर, एनआइसी एसिया लघुवित्त, रुरु जलविद्युत, माथिल्लो हेवाखोला हाइड्रोपावर, सर्वोत्तम सिमेन्ट लगायत कम्पनीको सेयरमूल्य बढेको छ ।

सर्वाधिक कारोबार हुने सेयर गोर्खाज फाइनान्सको रह्यो । उक्त फाइनान्सको १० करोड २१ लाख रुपैयाको सेयर किनबेच भएको छ । यस्तै सर्वोत्तम सिमेन्टको ७ करोड ८८ लाख, पिपुल्स पावर ७ करोड १९ लाख, रुरु जलविद्युत ६ करोड ८८ लाख, पोखरा फाइनान्सको ६ करोड ६५ लाख रुपैयाँको सेयर किनबेच भएको छ ।

सेयरमूल्य घटेका कम्पनीमा पिपुल्स पावर, खानीखोला हाइड्रोपावर, सूर्यज्योति लाइफ इन्स्योरेन्स, गुराँस लघुवित्त, गोर्खाज फाइनान्सलगायत छन् ।

प्रकाशित मिति : ९ बैशाख २०८१, आइतबार  ४ : १३ बजे