ओली अस्वस्थ, प्रतिनिधि परिषद्को बैठकस्थलबाट बाहिरिए



काठमाडौं । नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओली अस्वस्थ भएका छन्।

स्वास्थ्यमा समस्या आएपछि ललितपुरको गोदावरी जारी एमाले राष्ट्रिय महाधिवेशन प्रतिनिधि परिषद्को बैठकस्थलबाट ओली बाहिरिएका छन्।

अध्यक्ष ओलीलाई रुघाखोकी लागेको महासचिव शंकर पोखरेलले जानकारी दिए।

ओलीले बैठकस्थल छोडेपछि वरिष्ठ उपाध्यक्ष ईश्वर पोखेलको अध्यक्षतामा बैठक अघि बढेको छ।

बैठकमा ओलीले पेस गरेको राजनीतिक प्रतिवेदनमाथि छलफलका लागि बनाइएका ६ वटा समूहले अहिले आफ्नो निष्कर्ष सुनाइरहेका छन्।

प्रकाशित मिति : बैशाख ९, २०८१ आईतबार  ४ : २० बजे