मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

Title

एनआईसी एशिया बैंकको सहायक प्रमुख कार्यकारी अधिकृतमा अर्जुन खनिया



काठमाडौं । एनआईसी एशिया बैंकले सहायक प्रमुख कार्यकारी अधिकृतमा अर्जुन खनियालाइ बढुवा गरेको छ । बैंकले सहायक महाप्रबन्धक पदमा कार्यरत रहेका खनियालाई सहायक प्रमुख कार्यकारी अधिकृत पदमा बढुवा गरेको हो ।

सन् २००४ देखि बैंकिङ्ग क्षेत्रमा प्रवेश गरेका खनिले बैंकका विभिन्न शाखाहरु, विभागहरु एवम् इकोसिस्टमहरुमा काम गरी २० वर्ष भन्दा लामो अनुभव संगालेका छन् ।

नेपाल बैंक लिमिटेडमा आन्तरीक लेखापरीक्षकको रुपमा नायब प्रबन्धकमा नियुक्त भएर वाणिज्य बैंकको यात्रा सुरु गरेका खनिया सन् २०१० मा तत्कालिन बैंक अफ एशिया नेपाल लिमिटेडमा शाखा प्रमुखको रुपमा नियुक्त भएका थिए ।

तत्पश्चात उनले एनआईसी एशिया बैंकका विभिन्न विभाग तथा इकोसिस्टमहरुमा प्रमुखको रुपमा नेत्तृत्वदायी भुमीकामा रही बैंकको व्यवसायिक रणनीति निर्माण एवम् कार्यान्वयनमा अतुलनीय योगदान दिए ।

उनले बैंकको विभिन्न विभागहरुमा नेतृत्वदायी भूमिका निर्वाह गर्दै आफ्नो सफल जिम्मेवारी निर्वाह गरेका छन् ।

प्रकाशित मिति : १६ बैशाख २०८१, आइतबार  ११ : २८ बजे