काठमाडौं । सुदूरपश्चिम प्रदेशका मुख्यमन्त्री दीर्घ सोडारीलाई तत्काल विश्वासको मत नदिने पक्षमा उभिएको छ।
शुक्रबार साँझ ५ बजे विश्वासको मत लिने प्रयोजनका लागि प्रदेशसभा बैठक बोलाइएको भएपनि एमालेले निर्णय नदिँदा बैठक स्थगित हुने अवस्थामा पुगेको छ।
प्रदेश सभा बैठक बस्नुअघि प्रदेशसभाको कार्यव्यवस्था परामर्श समितिको बैठकमा एमाले अनुपस्थित भएको छ।
शुक्रबार बिहान ८ बजे बोलाइएको समिति बैठकमा एमाले नगएपछि अझसम्म पनि बस्न सकेको छैन।
एमाले संसदीय दलका नेता राजेन्द्रसिंह रावलले मुख्यमन्त्रीले विश्वासको मत लिन हतार गर्न नहुने पार्टीको धारणा रहेको बताए।
बझाङ ‘क’मा गत शनिबार भएको उपनिर्वाचनबाट विजयी भएका दमनबहादुर भण्डारीलाई पितृशोकमा परेका बेला विश्वासको मत लिन हतार गर्न नहुने पक्षमा एमाले छ। अघिल्लो मङ्गलबार बिहान भण्डारीका बुबा चक्रबहादुर भण्डारीको ८८ वर्षको उमेरमा निधन भएको थियो।
‘हामीले उहाँ(मुख्यमन्त्री) लाई समय पर्याप्त भएकाले हतार नगर्नुहोस् भनेका थियौ। तर उनले सल्लाह नगरी अघि बढ्नु भयो। हामी फरक ढंगले हिँड्न खोजेको होइन,’ रावलले भने।














