मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

Title

‘सहकारीलाई पूँजी संकलन गर्ने साधनको रुपमा मात्र प्रयोग गरियो’



काठमाडौं । सहकारी विभागका रजिष्ट्रार पिताम्बर घिमिरेले सहकारीलाई पूँजी संकलन गर्ने साधनको रुपमा मात्र प्रयोग गरिएको बताएका छन् ।

बचत तथा ऋण केन्द्रिय सहकारी संघ ९नेफ्स्कून०को आयोजनामा भएको गोष्ठीमा बोल्दै सदस्यबाट संकलित पूँजीको उचित परिचालन हुन नसक्दा सहकारीमा समस्या भएको उनले बताएका हुन ।

नियमाकीय दृष्टिकोणमाः ‘सहकारी क्षेत्रको विद्यमान समस्या, समाधानमा सदस्य र समितिको भूमिका’ विषयमा कार्यपत्र प्रस्तुत गर्दै घिमिरेले लेखा सुपरिवेक्ष समिति भनेको सहकारी संस्थाको वाच डगको संज्ञा दिए ।

लेखा समितिले संस्थाको सुपरिवेक्षण प्रभावकारी रुपमा गर्नुपर्ने उनको भनाई छ । सहकारी क्षेत्रलाई समाजवादउन्मुख अर्थतन्त्र निमार्णको लागि सशक्त आधारशिलाको रुपमा स्थापना गर्नको लागि संबिधानले नै अंगिकार गरेको छ । तर अहिले सहकारीमा धेरै समस्या छन् । नीतिगत तथा संस्थागत संरचनामा समस्याहरु धेरै देखिएको उनको बुझाई छ ।

‘सहकारी मार्फत आर्थिक समृद्धिको सम्भावना प्रसस्तै छ । अर्र्थतन्त्रमा सहकारीको महत्वपूर्ण योगदान छ । मुलुकको कूल ग्राहस्थ्य उत्पादनमा करिव ४ प्रतिशत योगदान छ ।

९३ हजार ७ सय भन्दा बढीलाई प्रत्यक्ष रोजगारीको अवसर प्रदान गरेको छ । दिगो विकास लक्ष्य प्राप्तिका लागि वार्षिक १४।८१ प्रतिशत लगानी यो क्षेत्रको छ । तर हाम्रो आफ्नै कारणले सहकारीमा समस्यामा छ’ उनले भने ।

सहकारीमा आन्तरिक समस्या धेरै देखिएका छन् । लेखा समितिले आफ्नो जिम्मेवारी प्रभावकारी रुपमा बहन नगर्ने , बचतकर्ताको बचत फिर्ता गर्न नसक्ने, कानुन कार्यान्वयनमा उदासिनता , संस्थागत संरचनामा समस्या, कार्यगत समस्या र प्रभावकारी नियमन नहुँदा सकारीलाई पिरोलिएको घिमिरेले उल्लेख गरे ।

कोभिड १९सँगै विश्वमा आएको महामारी, सहकारीमा भाखा नाघेका कर्जाका साथै असुलीमा समस्या, विना धितो कर्जा प्रवाह, कर्जा वर्गिकरणमा प्रभावकारीता नहुँदा, ऋण जोखिमलाई ध्यान पुर्याउन नसक्दा र तरलता व्यवस्थापन गर्न नसक्दा सहकारीमा समस्या देखिएको उनले बताए ।

समस्या समाधानका लागि सैद्धान्तिक मूल्य मान्यताप्रति प्रतिवद्ध हुदै, सहकारी संस्थाका लेखा सुपरिवेक्षण समितिले प्रभावकारी रुपमा आन्तरिक नियन्त्रण गर्दै सहकारी संस्थाका जागरुक सदस्यहरुले खबरदारी गर्नुपर्नेमा घिमिरेको जोड छ ।

उक्त टिप्पणीकर्ताको रुपमा समस्याग्रस्त सहकारी व्यवस्थापन समितिका निर्वतमान अध्यक्ष काशिराज दाहालले संस्थाको अनुगमनको क्रममा एउटै सहकारीबाट बिना धिता ५ अर्ब सम्मको कर्जा आफ्नै श्रीमतीलाई जमानी राखेर वितरण गरेको देखिएको बताए ।

अन्धाधुन्ध र खुद्रा पसल जस्तै सहकारी संस्थाको दर्ता दिने प्रकृया रोक्नु पर्छ । यसरी दर्ता भएका सहकारी संस्थाहरुले राम्रा काम गर्ने सहकारी संस्थालाई विस्थापित गरेको दाहालले औल्याए । सहकारी संस्थालाई तीन तहमा नियमन गर्ने व्यवस्था गरिएसँगै सहकारी क्षेत्रमा ठूलो समस्या आएको उनको भनाई छ ।

त्यस्तै अधिकांश सहकारी संस्थाहरुको सञ्चालक समिति र लेखा सुपरिवेक्षण समितिमा परिवारिक एकाधिकार भएका कारण पनि सहकारीमा समस्या देखिएको उनले बताए । उनले भने, ‘लेखा समितिले आफ्नो जिम्मेवारी पूरा गर्ने हो भने ८० प्रतिशत समस्या समाधान हुन्छ ।’

कार्यक्रममा सहभागिबाट हरेक सहकारी प्रकृति फरक भएपनि मूख्यत कारोबार बचत ऋणको मात्र गरेका कारण सहकारीमा समस्या देखिएको उनको भनाई छ ।

सात वर्ष पहिले ऐनमा गरको व्यस्था कर्जा असुलि न्यायधिकण, कर्जा सूचना केन्द्र र बचत तथा ऋण सुरक्षण कोष स्थापना नहुनु नै समस्या देखिएको उनले औंल्याए ।

त्यसैगरी, उक्त प्रस्तुतीको सहजकताकोे रुपमा राष्ट्रिय सहकारी महांसघका वरिष्ठ उपाध्क्ष रमेश पोखरेलले गरेका थिए ।

प्रकाशित मिति : २६ बैशाख २०८१, बुधबार  ४ : ०४ बजे