मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

Title

दार्चुला भ्रमणः संसदीय टोली अचानक रोकियो, गृह सचिव र महानिरीक्षक पुगेर फर्किए



काठमाडौं । दार्चुला जाने अन्तिम तयारी भैसकेको संसदीय टोली अचानक भ्रमण स्थगित भएपछि निकट भविष्यमा जाने भएको छ ।

राज्य व्यवस्था तथा सुशासन समितिले उच्च तहको प्रतिनिधित्व हुनेगरी दार्चुला क्षेत्रको स्थलगत अध्ययन अवलोकन भ्रमणको तयारी गरेको थियो । तर भ्रमणका लागि निर्धारित मिति पटक पटक गरी पाँच पटक सरेर अन्तिम समयमा स्थगित भएपछि बजेट अधिवेशनको अवधिमा जाने सहमति भएको समितिका एक सदस्यले जानकारी दिएका छन् ।

समितिको टोली सुरुमा वैशाख १४ मा जाने मिति तय भएको थियो । त्यसपछि वैशाख २३, २४ र २५ गते गर्दै विभिन्न कारण देखाउँदै सारिएपछि प्रधानमन्त्री पुष्पकमल दाहालकै आग्रहमा पर्सि २८ गतेबाट सुरु हुने बजेट अधिवेशन चलेकै अवधिभित्र दार्चुला जाने सहमति भएको बुझिएको छ ।

संसदीय समितिको भ्रमण स्थगित भएपछि गृह सचिव एकनारायण अर्याल र प्रहरी महानिरीक्षक बसन्त बहादुर कुँवर हिजो मंगलबार दार्चुलाको टिंकर क्षेत्रको सीमा अवलोकन गरेर फर्किएका छन् ।
गृह मन्त्रालयका प्रवक्ता नाराय प्रसाद भट्टराईका अनुसार, सचिव र महानिरीक्षक सुदूरपश्चिमको सीमा क्षेत्रको स्थलगत अवलोकन गरेर हिजै काठमाडौं फर्किएका छन् ।

प्रधानमन्त्री दाहालकै निर्देशन अनुसार उनीहरु गुप्त रुपमा भ्रमणमा निस्किएका थिए ।

प्रकाशित मिति : २६ बैशाख २०८१, बुधबार  ७ : ५७ बजे