मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

Title

कोशी प्रदेशका मुख्यमन्त्री कार्कीले लिए सपथ,दुई मन्त्री नियुक्त



विराटनगर, २७ वैशाख । कोशी प्रदेशका मुख्यमन्त्री हिक्मतकुमार कार्कीले पद तथा गोपनीयताको सपथ ग्रहण गरेका छन् ।

नेपालको संविधानको धारा १६८ को उपधारा ९५० बमोजिम आज मुख्यमन्त्रीमा नियुक्त भएका उनले कोशी प्रदेश प्रमुख पुरशुराम खापुङ्गसमक्ष पद तथा गोपनीयताको सपथ ग्रहण गरेका हुन् ।

त्यसैगरी आजै मन्त्रिपरिषद् समेत गठन गरिएको छ । मुख्यमन्त्री कार्कीको सिफारिसमा गणेशप्रसाद उप्रेती र रामबहादुर मगरलाई विनाविभागीय मन्त्रीमा नियुक्त गरिएको छ । नवनियुक्त मन्त्रीलाई समेत नेपालको संविधानको धारा १६८ को उपधारा ९९० बमोजिम प्रदेश प्रमुख खापुङले पद तथा गोपनीयताको सपथ गराएको प्रदेश प्रमुखको सचिवालयले जनाएको छ ।

प्रकाशित मिति : २७ बैशाख २०८१, बिहिबार  ७ : ५१ बजे