काठमाण्डौ ।प्रधानमन्त्री नरेन्द्र मोदीले अप्रत्याशितरूपमा शुक्रबार औपचारिकरूपमा आफ्नो तेस्रो कार्यकाल सुरु गरेका छन् ।
उनले राष्ट्रपति द्रौपदी मुर्मूसमक्ष आफ्नो बहुमत देखाउँदै हस्ताक्षरित समर्थन पत्र प्रस्तुत गरेसगै राष्ट्रपतिले उनलाई आगामी सरकार गठन गर्न आमन्त्रण गरिन ।
मोदीको भारतीय जनता पार्टी ९भाजपा० ले विगत एक दशकसम्म पूर्णरूपमा शासन गर्यो तर यसपटकको निर्वाचनमा आफ्नो पछिल्लो शानदार जीतलाई दोहोर्याउन असफल भयो ।
यसको सट्टा भाजपालाई १५–सदस्यीय राष्ट्रिय लोकतान्त्रिक गठबन्धन ९एनडिए० सँग द्रुत वार्ता गर्न बाध्य बनायो । गठबन्धनले पार्टीलाई शासन गर्नका लागि संसदीय सङ्ख्याको ग्यारेन्टी दिएको छ ।
“एनडिए सरकारलाई सेवा गर्ने तेस्रो अवसर दिएकामा म जनतालाई धन्यवाद दिन्छु”, मोदीले शुक्रबार साँझ भने, “यो जनताको इच्छा र अवसर हो र म यो अवसरका लागि हृदयदेखि नै धन्यवाद दिन्छु ।”
मोदीले यसअघि भारतको संसद्भित्र आफ्नो गठबन्धनका करिब तीन सय सांसदहरूको बैठकमा सम्बोधन गर्दै समर्थन गरेकामा सांसदहरूलाई धन्यवाद दिए ।
यसै साता गठबन्धनका प्रत्येक पार्टी नेताहरूबाट आफ्नो समर्थनको ग्यारेन्टी प्राप्त गरेपछि उक्त बैठक औपचारिकताका लागि मात्र थियो । यो मोदी र सरकारमा उहाँका नयाँ सहयोगीहरूबीच सौहार्द प्रदर्शन गर्ने अवसर पनि थियो ।
“मोदीसँग एउटा दृष्टिकोण र उत्साह छ र उहाँको कार्यान्वयन उत्तम छ । उहाँले आफ्ना सबै नीतिहरूलाई सही भावनाका साथ कार्यान्वयन गरिरहनुभएको छ”, प्रधानमन्त्री मोदीको सबैभन्दा ठूलो गठबन्धन दलका नेता चन्द्रबाबु नायडूले भन्नुभयो, “आज भारतसँग सही समयका लागि सही नेता हुनुहुन्छ– अर्थात नरेन्द्र मोदी ।”
पार्टीका अन्य नेताहरूले मोदीलाई बैजनी फूलहरूको माला पहिर्याएका थिए भने गठबन्धनका अर्का समर्थक नितिश कुमार सम्मानको परम्परागत भावमा ७३ वर्षीय प्रधानमन्त्री मोदीको खुट्टा छुन झुक्नु














