मोदीले लिए तेस्रो कार्यकालका लागि प्रधानमन्त्रीको सपथ



काठमाण्डौ । भारतको लोक सभा निर्वाचनमा नवनिर्वाचित भाजपा नेता तथा कार्यबाहक प्रधानमन्त्री नरेन्द्र मोदीले आइतबार राष्ट्रपति भवनमा आयोजित एक भव्य समारोहमा लगातार तेस्रो कार्यकालका लागि भारतको प्रधानमन्त्रीका रुपमा सपथ लिएका छन् ।

राष्ट्रपति द्रौपदी मुर्मूले प्रधानमन्त्री मोदीलाई पद तथा गोपनियताको सपथ ग्रहण गराएकि हुन्।

सपथ ग्रहणका लागि उपस्थित हुँदा प्रधानमन्त्री मोदीले सेतो कुर्ता, चुरीदार र निलो हाफ ज्याकेट लगाएका थिए ।

शपथ ग्रहण समारोहमा नेपालका प्रधानमन्त्री पुष्पकमल दाहाल ’प्रचण्ड’, श्रीलङ्काका राष्ट्रपति रनिल विक्रमासिङ्घे, भुटानका प्रधानमन्त्री छिरिङ तोब्गे, माल्दिभ्सका राष्ट्रपति मोहम्मद मुइज्जु, मौरिससका प्रधानमन्त्री प्रविन्द जुगनाथ, बङ्गलादेशका प्रधानमन्त्री शेख हसिना र सेशेल्सका उपराष्ट्रपति अहमद अफिफ सहभागी थिए ।

मोदिसँगै उनको मन्त्री परिषद्मा भाजपाका केन्द्रीय अध्यक्ष जगत प्रसाद नड्डा, राजनाथ सिंह, अमित शाह र नितिन गडकरीले क्याविनेट मन्त्रीका रूपमा सपथ लिएका छन् । सिंह, शाह र गडकरी यस पहिलेको सरकारमा क्रमशः रक्षामन्त्री गृहमन्त्री र यातायात मन्त्रीका रूपमा काम गरेका थिए ।

नयाँ मन्त्रीमण्डलमा जनता दल युनाइटेडका राष्ट्रिय अध्यक्ष ललन सिंह र मध्यप्रदेशका पूर्वमूख्यमन्त्री शिवराज सिंह चौहानले पनि सपथ लिएका छन् ।

प्रकाशित मिति : २७ जेष्ठ २०८१, आइतबार  ८ : ३२ बजे