जसपा महाधिवेशन : अध्यक्षमा उपेन्द्र यादव निर्विरोध निर्वाचित



जनता समाजवादी पार्टी (जसपा)नेपालको केन्द्रीय अध्यक्षमा उपेन्द्र यादव निर्विरोध निर्वाचित भएका छन् । जनकपुरमा भइरहेको राष्ट्रिय महाधिवेशनबाट यादवपुनः अध्यक्षमा चयन भएका हुन् ।

अध्यक्ष पदमा उपेन्द्र यादवको मात्र उमेदवारी परेपछि उनी निर्विरोध भएका हुन् ।

जनकपुरधाममा जसपा नेपालको महाधिवेशन चलिरहेको छ ।आज बिहानदेखि उमेदवारी दर्ता भइरहेको निर्वाचन समितिले जनाएको छ ।

प्रकाशित मिति : जेष्ठ ३०, २०८१ बुधबार  १ : ५९ बजे