माओबादिलाइ अलपत्र पार्ने ओलिको संकेत, भन्छन-८४ मा एक्लै चुनाव लड्छौ



भक्तपुर, ३१ जेठ । नेपाल कम्युनिष्ट पार्टी ९एमाले०का अध्यक्ष केपी शर्मा ओलीले आगामी निर्वाचन एमालेले एक्लै लडेर बहुमत ल्याउने दाबी गरेका छन्।

आज भक्तपुरमा आयोजित एमालेको नवौँ जिल्ला अधिवेशनबाट निर्वाचित पदाधिकारीको शपथग्रहण कार्यक्रममा उनले आगामी निर्वाचनमा एमालेले कोहीसँग पनि मोर्चाबन्दी नगर्ने स्पष्ट पारे । 

एमालेसँग वैचारिक सङ्घर्ष गर्न नसक्नेहरुले एमालेमाथि प्रहार गरिरहेको बताउँदै पूर्वप्रधानमन्त्री रहनुभएका एमाले अध्यक्ष ओलीले चुुनावमा एक्लै जान आँट नहुनेहरुले मोर्चाबन्दी गर्ने गरेको आरोप लगाए । उनले आगामी निर्वाचनमा एमालेले कोहीसँग मोर्चाबन्दी नगरी एक्लै चुनावमा गएर बहुमत ल्याउने दाबी गरे । 

एमाले देशको निर्णायक शक्ति बन्न खोजेकाले त्यसो हुन नदिन चाहनेले एमालेविरुद्ध मित्थ्या आरोप लगाउने गरेको दाबी गरे । अध्यक्ष ओलीले एमाले एक्लैले बहुमत ल्याउनेगरी मिसन–८४ को अभियानमा होमिएको भन्दै आफ्नो शक्तिमा बहुमत बनाउने, एकल बहुमत ल्याएर अरूलाई पनि औलामा डो¥याएर हिँड्ने र हातेमालो गरेर देशको विकासमा लम्किने बताए ।

प्रकाशित मिति : जेष्ठ ३१, २०८१ बिहीबार  ९ : २९ बजे