मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

Title

पूर्वराष्ट्रपति भण्डारीले गरिन एमालेको पार्टी सदस्यता नवीकरण



काठमाडौँ । पूर्वराष्ट्रपति विद्यादेवी भण्डारीले एमालेको पार्टी सदस्यता नवीकरण गरेकी छिन्।पूर्वराष्ट्राध्यक्ष पार्टीको सदस्य नबन्ने अन्तराष्ट्रिय परम्परा तेडेर उनले पार्टीको सदस्य लिएकि हुन् ।यससँगै उनि सक्रिय राजनीतिमा आउने निश्चित देखिएको छ।

सक्रिय राजनीतिका लागि निरनतर पार्टीभित्र वातावरण बनाइरहेकी भण्डारी अब औपचारिक रुपमा एमालेको संगठित सदस्य भएकी छन्।

उनि २०७२ असोजदेखि २०७९ फागुनसम्म राष्ट्रको सर्वोच्च पदमा रहकी थिइन्।

गत वैशाख १ गते नयाँ वर्षको अवसर पारेर संगठन विभाग प्रमुख काशीनाथ अधिकारीले भण्डारीको सदस्यता नवीकरण गरेको एमाले स्रोतले जानकारी दिएको छ।

राष्ट्रपति पदमा रहँदासमेत उनले पदीय गरिमा बिर्सेर एमाले अध्यक्ष केपी शर्मा ओलीको चाहनाअनुसार काम गरेको भन्दै पटक–पटक आलोचनामा खेपेकी थिइन्।

अर्का पूर्वराष्ट्रपति रामवरण यादव औपचारिक कार्यक्रमहरुमा सहभागी हुने गरे पनि पार्टी सदस्यता लिएका छैनन्। पूर्वराष्ट्रपति यादव पूर्वराष्ट्रपतिको कार्यकालमा समेत खासै बिबादमा आएनन् ।

प्रकाशित मिति : २ असार २०८१, आइतबार  ८ : १७ बजे