काठमाडौं । प्रभु बैंकका कर्मचारीहरुलाई विभिन्न सेवा सुविधामा छुट हुने गरि नेपाल क्यान्सर हस्पिटल एन्ड रिसर्च सेन्टरसँग सम्झौता भएको छ।
सम्झौताअनुसार प्रभु बैंकका कर्मचारीहरुले कर्मचारी मान्य परिचयपत्रको आधारमा हरिसिद्धि, ललितपुरमा अवस्थित नेपाल क्यान्सर हस्पिटल एण्ड रिसर्च सेन्टरको विभिन्न सेवा सुविधाहरुमा विशेष छुट प्राप्त गर्न सक्ने छन्।सम्झौतामा प्रभु बैंकका तर्फबाट बागमती प्रदेश–३ का प्रमुख राजु के.सी.र शाखा प्रबन्धक अमित बज्राचार्यले हस्ताक्षर गरेका छन्।
सम्झौता कार्यक्रममा विशेष गरी महिला कर्मचारीहरुलाई लक्षित गरी स्तन र पाठेघरसम्बन्धी क्यान्सरबारे जानकारी गराइएको थियो।स्तनसम्बन्धी क्यान्सरका डा।प्रफुल्ल शाक्य र पाठेघरसम्बन्धी क्यान्सरकी डा।अनु बज्राचार्यले चेतना मुलक सन्देश प्रस्तुत गरेकी थिइन्।समारोहमा उल्लेखनीय महिला कर्मचारीहरुको सहभागिता समेत रहेको थियो।
ग्राहकहरुको रोजाईको अग्रणी बैंकको रुपमा रहेको तथा हालसालै “बैंक अफ द इयर २०२३” को उपाधिबाट सम्मानित प्रभु बैंकका नेपालभर ३०७ शाखा कार्यालयहरु, २८६ एटीएम साथै ७० एक्सटेन्सन काउन्टर मार्पmत करिब ३१ लाख भन्दा बढि ग्राहकहरुलाई ‘बिश्वास लिन्छौं, विश्वास दिन्छौं’ भन्ने मुल नाराका साथमा बैंकिङ एवं वित्तीय सेवा प्रवाह गरिरहेको प्रभु बैंकले अत्याधुनिक प्रविधि मार्फत गुणस्तरीय सेवा प्रवाह गर्दै प्रतिस्पर्धी रुपमा अगाडि बढिरहेको छ साथै प्रभु बैँक, छोटो समयको अन्तरालमानै फिनाकल ईन्फोसिस ईनोभेसन गोल्ड–२०२४ अवार्डबाट सम्मानित भएको छ ।