घट्यो सुनको मूल्य, कतिमा हुँदैछ कारोबार ?



काठमाडौं । स्थानीय बजारमा सुनचाँदीको मूल्य घटेको छ । आइतबार एकैदिन सूनको मूल्य दुई हजार ७०० रुपैयाँ घटेको सुनचाँदी व्यवसायी महासंघले जनाएको छ ।

आज सुन प्रतितोला एक लाख ४२ हजार रुपैयाँमा कारोबार भइरहेको छ । चाँदीको मूल्य प्रतितोला एक हजार ८१५ रुपैयाँमा कारोबार भइरहेको महासंघले जनाएको छ ।

प्रकाशित मिति : असार ९, २०८१ आईतबार  ११ : २४ बजे