काठमाडौं । स्थानीय बजारमा सुनचाँदीको मूल्य घटेको छ । आइतबार एकैदिन सूनको मूल्य दुई हजार ७०० रुपैयाँ घटेको सुनचाँदी व्यवसायी महासंघले जनाएको छ ।
आज सुन प्रतितोला एक लाख ४२ हजार रुपैयाँमा कारोबार भइरहेको छ । चाँदीको मूल्य प्रतितोला एक हजार ८१५ रुपैयाँमा कारोबार भइरहेको महासंघले जनाएको छ ।