काठमाडौँ । विभिन्न जिल्लाका १९ निर्माण कम्पनी कालोसूचीमा परेका छन्।
प्रधानमन्त्री कार्यालय मातहतको सार्वजनिक खरिद अनुगमन कार्यालयले १९ वटा निर्माण कम्पनीलाई कालोचूचीमा राखेको हो।
कार्यालयले सूचना जारी गर्दै काममा ढिलासुस्ती गर्ने १९ वटा निर्माण कम्पनीलाई कालो सूचीमा राखिएको जानकारी दिएको हो।
कालो सूचीमा राख्नको लागि विभिन्न निकायबाट लेखि आएकाले ती निर्माण कम्पनीलाई दुई वर्षदेखि ६ महिनासम्मको लागि कालो सूचीमा राखिएको सूचनामा उल्लेख छ।
कार्यालयले कालो सूचीमा राखिएका कम्पनीसँग यस अवधिमा कुनै पनि खरिद सम्झौता र कारोबार नगर्न कार्यालयले अनुरोध गरेको छ।














