मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

Title

टेक तामाङको ‘एउटा जून’मा प्रह्लाद तिमिल्सिनाको स्वर



काठमाडौं । गायक प्रह्लाद तिमिल्सिना नयाँ गीत ‘एउटा जून..’ सार्वजनिक भएको छ । नेपाली फिल्मको पार्श्व गायनमा चर्चित तिमिल्सिनाको उक्त गीतलाई संगीतकार आलोकश्रीले संगीतबद्ध गरेका छन् ।

गीतमा वरिष्ठ गीतकार टेक तामाङले मर्मस्पर्शी शब्दहरु रचना गरेका हुन् । गुञ्जन स्टुडियोमा रेकर्ड गरिएको गीतमा नरेन्द्र बियोगीको संगीत संयोजन छ । सुशिल विक्रम शाहले यसलाई मिक्सिङ तथा मास्टरिङ गरेका छन् ।

गायक तिमिल्सिनाकै आधिकारिक यूट्युब च्यानल प्रह्लाद तिमिल्सिनामार्फत सार्वजनिक भएको गीतको म्युजिक भिडियो पनि तयार गरिएको छ । सुव्रत आचार्यले भिडियोको निर्देशन गरेका छन् भने जया शर्मा क्रिएटिभ डाइरेक्टरको रुपमा रहेकी छिन् ।

भिडियोमा ऋचा थापा तथा प्रतात पाल ठकुरीको जोडीलाई फिचर गरिएको छ । उत्सव दाहालद्वारा छायांकन गरिएको भिडियोमा विष्णु खड्काको सम्पादन तथा कलर करेक्सन छ ।

भिडियोको पोष्टर समेत खड्काले नै डिजाइन गरेका हुन् । दिपेन गौतम माइकलको प्रोडक्सन डिजाइनमा तयार भएको भिडियोमा अभिनय गर्ने कलाकारहरुलाई सरस्वती श्रेष्ठले मेकअप गरेकी छिन् ।

प्रकाशित मिति : १४ असार २०८१, शुक्रबार  १० : २३ बजे