मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

Title

चर्चित गायक सुशान्तले अमेरिकामा दर्शक नचाउने



काठमाडौँ । चर्चित गायक सुशान्त केसीले अमेरिकाको न्युर्याेकमा दर्शक नचाउँने भएका छन् । न्युर्याेकस्थित टाइम्स् स्क्वारको प्लाडिनियममा आगामी २० जुलाई (साउन ५ गते) आयोजना हुने ‘सुशान्त केसी वल्र्ड टुर लाइभ कन्सर्ट इन न्युर्याेक’ नामक कार्यक्रममा उनले आफ्ना चर्चित गीतसंगीतबाट दर्शक झुमाउने भएका हुन् ।

हलिउड र बलिउडका कलाकारका मात्र कार्यक्रम आयोजना हुदै आएको भेन्युमा पहिलो पटक नेपाल िकलाकारकोे कार्यक्रम हुन लागेको हो ।

कार्यक्रममा सुशान्त सहित ११ जना ब्याण्ड मेम्बरको लाइभ म्युजिक समेत रहनेछ । कार्यक्रमको आयोजना ठमेल एनवाईसीका तर्फबाट लेलिन कडेल, जिमी गुरुङ, रोशन गौचनले गर्दैछन् ।

नेपाली गीतसंगीतलाई अन्तराष्ट्रिय क्षेत्रमा चिनाउँदै हलिउड र बलिउडका गायक गायिका झै नेपाली गायक गायिकाले पनि सोही स्थानमा र सोही स्तरको कार्यक्रम गर्न सक्छन् भन्ने सन्देश कार्यक्रमले दिने आयोजक मध्यका एक लेलिन कडेलले बताए ।

कार्यक्रममा १६ बर्ष भन्दा माथिका दर्शकले मात्र सहभागी जनाउन सक्नेछन् । न्युर्याेकको प्लाडिनियमपछि सुशान्तको कार्यक्रम अमेरिकाको अन्य ११ स्थानमा समेत हुने आयोजक रोशन गौचनले बताए । कार्यक्रमको मिडिया संयोजक रेशम जंग शाह रहेका छन् ।

करिब ४ घन्टा चल्ने कन्सर्टमा गायक सुशान्तले ‘सारङ्गी’, ‘नजिक आउ’, ‘गाजलु’, ‘हावाले’, ‘बैमानी’, ‘भरिभरि दिन’ ‘भगेरा’, ‘म तिमिलाई मन पराउँछु’ लगायत दर्जन बढी लोकप्रिय गीत मार्फत दर्शक रिझाउनेछन् । कन्सर्टको टिकट ठमेल एवाईसीबाट उपलब्ध हुने आयोजकले जनाएको छ ।

प्रकाशित मिति : १४ असार २०८१, शुक्रबार  ३ : १६ बजे