काठमाडौँ । लोकतान्त्रिक समाजवादी पार्टी नेपालले कांग्रेस–एमाले गठबन्धनलाई साथ दिने निर्णय गरेको छ ।
बुधबार सो पार्टिको बबरमहलस्थित पार्टी कार्यालयमा बसेको लोसपा नेपालको पदाधिकारी बैठकले सो निर्णय गरेको हो ।
विपक्षी गठबन्धनमा रहेका लोसपा, जसपा नेपाल, राप्रपालगायत दलले कांग्रेस–एमाले गठबन्धनलाई साथ दिने प्रतिबद्धता जनाएको जानकारिमा रहेको कुरा अध्यक्ष ठाकुरले बैठकमा बताएका थिए ।














