मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

Title

यस्तो छ आजको विदेशी मुद्राको विनिमय दर



काठमाडौं । नेपाल राष्ट्र बैंकले आजका लागि विदेशी मुद्राको विनिमय दर तोकेको छ ।

राष्ट्र बैंकका अनुसार, मंगलबार बेलायती पाउण्डको खरिदले १७० रुपियाँ ९६ पैसा पुग्दा र बिक्री दर १७१ दशमलव ७३ रुपैयाँ पुगेको छ ।

त्यस्तै, अमेरिकी डलरको खरिद दर घट्दा बिक्रीदर भने सामान्य बढेको छ । खरिद दर स्थिर रहेको कतारी रियलको बिक्रीदर बढेको छ । आजका लागि यूरोको विनिमयदर घटेको छ ।

अमेरिकी डलर एकको खरिद दर १३३ रुपैयाँ ३० पैसा र बिक्री दर १३३ रुपैयाँ ९० पैसा पुगेको छ ।युरो एकको खरिद दर १४४ रुपैयाँ ३५ पैसा र बिक्री दर १४५ रुपैयाँ शून्य पैसा रहेको छ ।

बेलायती पाउण्ड एकको खरिद दर १७० रुपैयाँ ९६ पैसा र बिक्री दर १७१ रुपैयाँ ७३ पैसा पुगेको छ ।कतारी रियालको मूल्य एकको खरिद दर ३६ रुपैयाँ ५५ पैसा र बिक्री दर ३६ रुपैयाँ ७२ पैसा रहेको राष्ट्र बैंकले जनाएको छ ।
०००

प्रकाशित मिति : २५ असार २०८१, मंगलबार  ९ : १८ बजे