काठमाडौँ । नेपाल राष्ट्र बैंकले चालू वर्षको ११ महिनामा आयात र निर्यात नै घटेको जनाएको छ ।
चालू वर्षको ११ महिनाको वर्तमान आर्थिक तथा वित्तीय स्थिती सार्वजनिक गर्दै केन्द्रीय बैंकले आयात १.८ प्रतिशतले र निर्यात ३ प्रतिशतले खुम्चिएको जानकारी दिएको हो ।
तथ्यांकअनुसार कूल वस्तु निर्यात ३ प्रतिशतले घटेर १ खर्ब ३९ अर्ब २६ करोड रुपैयाँ कायम भएको छ ।
गत वर्षको सोही अवधिमा नेपालको निर्यात २२.७ प्रतिशलते घटेको थियो । गन्तव्यका आधारमा भारततर्फको निर्यात ४.५ प्रतिशतले घटेको छ भने चीनतर्फको निर्यात ५७.७ प्रतिशतले बढेको छ ।