बिहिबार बढ्यो सुन चाँदीको मूल्य, कतिमा हुँदैछ कारोबार ?



काठमाडौं । आज सुन चाँदीको मूल्य बढेको छ । हिजो बुधबार प्रतितोला १ लाख ४४ हजार १ सय रुपैयाँमा कारोबार भएको छापावाला सुन आज तोलामा ८ सय रुपैयाँले बढेर प्रतितोला १ लाख ४४ हजार ९ सय रुपैयाँमा कारोबर भइरहेको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ ।

आज तेजावी सुन प्रतितोला १ लाख ४४ हजार १ रुपैयाँमा कारोबार भइरहेको छ । आज चाँदीको मूल्य १५ रुपैयाँले बढेर प्रतितोला १ हजार ८८५ रुपैयाँमा कारोबार भइरहेको महासंघले जनाएको छ ।

प्रकाशित मिति : असार २७, २०८१ बिहीबार  ११ : ०५ बजे