नगरको सुरक्षालाई प्रविधि मैत्री वनाउछौ : मेयर कार्की



काठमाडौ । कागेश्वरी मनोहरा नगरपालिकाका नगर प्रमुख उपेन्द्र कार्कीले उज्यालो शहर सुरक्षीत शहर भन्ने अवधारणा अन्तर्गत काम गरिरहेको बताएका छन् | शुक्रबार काँडाघारी प्रहरी कार्यालयको भवन उद्‍घाटन गर्दै उनले यस्तो बताएका हुन् |

कार्यक्रममा बोल्दै उनले बढ्दो जनसङ्ख्या, प्रविधि र आधुनिकतासँगै शहरी सुरक्षा चुनौती वढ्दै गएकोले नगरपालिकाले शान्ति, सुरक्षालाई विशेष ध्यान दिइरहेकको उल्लेख गरे ।

प्रहरीलाई स्रोत र साधनले भरिपूर्ण बनाए मात्रै शान्ति सुरक्षा कायम गर्न सकिने उनले वताए | उनले नगरपालिकाको वडा नं. १ देखि ९सम्म मुख्य सडक हरूमा सडक बत्ती र क्यामेरा जडान गर्न विशेषज्ञहरूले तयार पारेको विस्तृत अध्ययन प्रतिवेदन अनुसार अठार करोड जति लागत अनुमान रहेको हुँदा नगरपालिका ठेक्का प्रक्रिया अगाडि बढाउने तयारीमा रहेको पनि जानकारी दिए|

नगर प्रमुख कार्कीले आफू निर्वाचित भए देखिनै आफ्ना चुनावी घोषणा पत्र तथा मतदाता समक्ष गरेका विभिन्न प्रतिवद्दताहरू पूरा गर्न हर सम्भव लागि परेको कुरा विभिन्न मञ्चहरुमा वताउदै आएका छन् |

प्रकाशित मिति : असार २९, २०८१ शनिबार  १० : २८ बजे