नेप्से ५३ अंकले बढ्दा सबै समूहगत परिसूचकमा हरियाली



काठमाडौं । सरकार फेरिने प्रक्रियसँगै सेयर बजारका लगानीकर्ता उत्साहित देखिएका छन् । केही समयअघि दैनिक घटेर १८ सय विन्दुसम्म झरेको बजार आइतबार उच्च अंकले बढेर २२५७/५७ विन्दुमा बन्द भएको छ ।

यस दिन धितोपत्र दोस्रो बजार मापक नेप्से परिसूचक ५२/९७ अंकले बढेको हो । सात अर्ब ६२ करोड चार लाख रुपैयाँको सेयर कारोबार भएको नेपाल स्टक एक्सचेन्ज नेप्से ले जनाएको छ ।

आज तीन सय नौ कम्पनीको दुई करोड २० लाख ४७ हजार तीन सय २७ कित्ता शेयर ९६ हजार दुई सय ७४ पटक खरिदबिक्री हुँदा रु सात अर्ब ६२ करोड चार लाख ९८ हजार पाँच सय २० बराबरको कारोबार भएको छ। आजको कारोबारमा सबै समूहको उपसूचक हरियो देखिएको छ। सबैभन्दा धेरै बैङ्किङ तीन दशमलव ७४ र जलविद्युत् समूह तीन दशमलव ३० प्रतिशतले बढेको छ।

विकास बैङ्क एक दशमलव २०, वित्त एक दशमलव ३३, होटल तथा पर्यटन एक दशमलव ०७, लगानी एक दशमलव ३० र जीवन बीमा समूह दुई दशमलव ०५ प्रतिशतले बढेको छ।

त्यस्तै, उत्पादन तथा प्रशोधन दुई दशमलव ६६, लघुवित्त शून्य दशमलव ८२, म्युचुअल फन्ड एक दशमलव ७४, निर्जीवन बीमा एक दशमलव २६, व्यापार दुई दशमलव २१ र अन्य समूह एक दशमलव ९९ प्रतिशतले बढेको छ।

प्रकाशित मिति : असार ३०, २०८१ आईतबार  ४ : ३५ बजे