ओली मन्त्रिपरिषद्को निर्णयः कीर्तिपुर क्रिकेट मैदानलाई सुविधासम्पन्न क्रिकेट रंगशाला बनाउने



काठमाडौं । नवनियुक्त प्रधानमन्त्री केपी शर्मा ओली नेतृत्वको मन्त्रिपरिषद्को पहिलो बैठकले कीर्तिपुर क्रिकेट मैदानलाई सुविधासम्पन्न रंगशाला बनाउने निर्णय गरेको छ ।

आज ९सोमबार० बसेको मन्त्रिपरिषद्को पहिलो बैठकले उक्त निर्णय गर्दै त्यसका लागि ३ सय दिनको समय सीमा तोकिएको छ । बैठकले त्रिवि क्रिकेट मैदानमा फ्लडलाइट जडान गर्ने निर्णय गरेको छ। रात्रिकालीन खेलको लागि फ्लडलाइट निर्माण गर्ने सरकारको निर्णय आएको हो।

बैठकबारे जानकारी गराउँदै प्रधानमन्त्री ओालीले भनेका छन्, ‘पहिलो निर्णय– क्रिकेट रंगशाला१ कीर्तिपुर क्रिकेट मैदानलाई सुविधासम्पन्न रंगशाला बनाउने, जसमा दर्शक बस्नको लागि प्यारापिट, रात्रिकालीन खेलको लागि फ्लडलाइट निर्माण गर्ने लगायत आवश्यक संरचना बनाउने निर्णय भएको छ।’

प्रकाशित मिति : असार ३१, २०८१ सोमबार  ७ : ५७ बजे