५४.०४ अंकले बढ्यो नेप्से, १२ अर्बमाथिको कारोबार



काठमाडौं । नयाँ सरकार गठनसँगै उकालो लागेको सेयर बजार साताको चौथो कारोबारमा पनि उल्लेख्य बढेको छ । यस दिन बजार ५४.०४ अंकले बढेको हो ।

अर्थमन्त्री विष्णु पौडेल सोमबार अर्थमन्त्रीमा नियुक्त भएको दिन नेप्से घटेपनि त्यसपछिको दुई दिन भने लगातार वृद्धि भएको हो । बजारसँगै कारोबार रकम पनि बढेको छ ।

१२ अर्ब पाँच करोड ९२ लाख ६६ हजार ११३ रुपैयाँबराबरका तीन करोड २० लाख ९५ हजार ९३७ कित्ता सेयर एक लाख ४९ हजार ६८१ पटकमा खरिद–बिक्री भएको नेपाल स्टक एक्सचेन्ज (नेप्से )ले जनाएको छ ।

प्रकाशित मिति : श्रावण २, २०८१ बुधबार  ४ : ०० बजे