सुनको मूल्य घट्यो, कतिमा हूदैंछ कारोबार ?



काठमाडौं । स्थानीय बजारमा सुनको मूल्य घटेर कारोबार भएको छ । आज छापावाल सुन प्रतितोला दुई हजार रुपैयाँ घटेर कारोबार भएको सुनचाँदी व्यवसायी महासंघले जनाएको छ ।

छापावाल सुन प्रतितोला एक लाख ४७ हजार ५०० रुपैयाँमा कारोबार भइरहेको छ । चाँदी प्रतितोला ३० रुपैयाँ घटेर एक हजार ८३० रुपैयाँमा कारोबार भइरहेको छ । बिहीबार चाँदी प्रतितोला एक हजार ८६० रुपैयाँमा कारोबार भएको थियो ।

प्रकाशित मिति : श्रावण ४, २०८१ शुक्रबार  ११ : ०६ बजे