प्रतिनिधि सभा बैठक सुरू, प्रधानमन्त्री अ‍ोलीले विश्वासको मत लिँदै



काठमाडौं, । प्रतिनिधि सभा बैठक सुरु भएको छ । संघीय संसद् भवनमा भर्खरै बैठक सुरु भएको हो । आजको बैठकमा प्रधानमन्त्री केपी शर्मा ओलीले प्रतिनिधि सभामा आज विश्वासको मत लिँदैछन् । विश्वासको मत हासिल गर्न प्रतिनिधि सभामा उनले कम्तीमा १३८ मत पाउनु पर्छ ।असार १७ गते नेपाली कांग्रेस र नेकपा एमालेबिच भएको सहमति अनुसार ओली असार ३० गते प्रधानमन्त्री नियुक्त भएका थिए।

प्रधानमन्त्री ओलीले संविधानको धारा ७६ को उपधारा ४ बमोजिम विश्वासको मत लिन लागेका हुन्। प्रधानमन्त्रीले ३० दिनभित्र प्रतिनिधिसभाबाट विश्वासको मत लिनुपर्ने संवैधानिक प्रावधान रहेको छ ।सरकारमा सामेल दलमध्ये कांग्रेसका ८८ सदस्य छन् । यस्तै एमालेका ७८ सदस्य छन् । मताधिकार प्राप्त सङ्ख्या ७७ मात्र छ ।

सरकारमा सहभागी जसपाका सात र लोसपाका चार सदस्य छन् । दुई ठुला दलका मात्र १६५ सदस्य छन् ।सदनमा प्रतिनिधित्व गर्ने चार दलले प्रधानमन्त्रीको विपक्षमा मतदान गर्ने निर्णय गरिसकेका छन् ।

नेकपा माओवादी केन्द्र, राष्ट्रिय स्वतन्त्र पार्टी र राष्ट्रिय प्रजातन्त्र पार्टी र नेकपा एकीकृत समाजवादीले विपक्षमा मतदानको निर्णय गरेका छन् । तीन दलको संसद्मा ७४ सदस्य छन् ।

प्रकाशित मिति : श्रावण ६, २०८१ आईतबार  १ : ४१ बजे