तेल अभिभमा ड्रोन प्रहार भएपछि यमनमा हूथीविरुद्ध इजरेलको हमला



काठमाडौं । इजरेलले यमनमा हूथी(नियन्त्रित रेड सीको हुडैडा बन्दरगाह हवाई हमलाहरू गरेको छ। हूथी समूहले तेलअभिभमा एउटा ड्रोन प्रहार गरेको एक दिनपछि इजरेलले हवाई हमला गरेको हो।

इजरेली रक्षामन्त्री योआभ गालान्टले आफ्नो देशले हूथी आन्दोलनलाई यो हमलामार्फत सन्देश दिन चाहेको बताएका छन्।

उनले भने, हुडैडामा यतिखेर दन्किरहेको आगो मध्यपूर्वभरि देखा देखिएको छ र त्यो उल्लेख्य रूपमा प्रस्ट छ।

हूथीसँग सम्बन्ध भएका सञ्चारमाध्यमहरूले सो इजरेली हमलाबाट तीन जना मारिनुको साथै ८० जनाभन्दा धेरै घाइते भएको उल्लेख गरेका छन्।

अमेरिका र यूकेद्वारा यमनका हूथी निशानामा ताजा हमला, के त्यसले रेड सीमा पानीजहाजको ओहोरदोहोर सहज पारेको छरु
इरान किन धेरैतिर द्वन्द्वमा फसेको छएकजना हूथी अधिकारी मोहम्मद अब्दुलसलामले त्यसलाई ूयमनविरुद्ध इजरेलको क्रूर आक्रामक कार्यू भनेका छन्।

ती हूथी अधिकारीले आफूहरूविरुद्ध हमला गरेर इजरेलले गाजामा प्यालेस्टिनीहरूलाई साथ दिने काम बन्द होस् भन्ने चाहे पनि त्यसो नहुने बताए।

हूथी आन्दोलनको कार्यकारी निकाय हूथी सर्वोच्च राजनीतिक परिषद्लाई उद्धृत गर्दै हूथीहरूद्वारा सञ्चालित सञ्चारमाध्यमले जनाएअनुसार यी हवाई हमलाको ूप्रभावकारी जबाफू दिइने जनाइएको छ।

इजरेली सेनाले आइतवार बिहान यमनबाट प्रहार गरिएको एउटा क्षेप्यास्त्र इजरेली हवाई क्षेत्रमा प्रवेश गर्नुअघि नै खसालिदिएको जनाएको छ।बीबीसिबाट

प्रकाशित मिति : श्रावण ६, २०८१ आईतबार  ४ : ४९ बजे