विधायन व्यवस्थापन समितिको बैठक बस्दै



काठमाडौं । संघीय संसदको राष्ट्रियसभा अन्तर्गतको विधायन व्यवस्थापन समितिको बैठक आज बस्दैछ ।

बिहान ११ बजेका लागि बोलाइएको बैठक समितिको बैठक कक्ष सिंहदरबारमा बस्नेछ ।

आजको बैठकमा मिडिया काउन्सिल विधेयक, २०८० का विषयमा छलफल हुने कार्यसूची रहेको छ ।

प्रकाशित मिति : श्रावण ८, २०८१ मंगलबार  १० : २२ बजे