काठमाडौं । प्यारिसमा ओलिम्पिक गेम्स २०२४ को उद्घाटन जुलाई २६ शुक्रवार हुन लागेको छ। डुङ्गामा चढेका हजारौँ प्रतियोगीहरूले सेन नदीमा विहार गर्दै तथा प्यारिसको मध्यभाग हुँदै परेडु गरेर यो खेलको उद्घाटन हुने छ।
फ्रान्सको सरकारले ओलिम्पिक्सको उद्घाटन समारोह तथा प्रतियोगिताभरि “अभूतपूर्व” सुरक्षा व्यवस्था गर्ने वाचा गरेको छ।
प्यारिस ओलिम्पिक्स र प्यारालिम्पिक्स कहिले हुन्छन् ?
यस पटकको ग्रीष्मकालीन ओलिम्पिक्स जुलाई २६ देखि अगस्ट ११ सम्म हुने छ। यो प्रतियोगितामा १०,५०० खेलाडीले ३२९ वटा खेलमा भाग लिने छन्।
त्यसपछि प्यारालिम्पिक्स अगस्ट २८ देखि ८ सेप्टेम्बरसम्म हुने छ। त्यसमा ४,४०० खेलाडीले ५४९ वटा खेलमा भाग लिने छन्।बीबीसी बाट














