६ वटा उद्योगमा काटिएको लाइन जोड्ने प्राधिकरणको निर्णय



काठमाडौं, । डेडिकेटेड र ट्रंक लाइन विवादमा ६ वटा उद्योगमा काटिएको बिजुली नेपाल विद्युत् प्राधिकरणले जोडिदिने भएको छ ।

बिजुली महसुल विवादमा प्राधिकरणले २५ असारदेखि रिलायन्स स्पिनिङ मिल, घोराही सिमेन्ट, अर्घाखाँची सिमेन्ट, जगदम्बा स्टिल, जगदम्बा सेन्थेटिक र हुलास स्टिल गरी ६ उद्योगको लाइन काटेको थियो ।

प्रचण्ड नेतृत्वको सरकार हुँदा प्राधिकरणले बक्यौता नतिर्ने उद्योगहरुको लाइन काट्न सुरु गरेको थियो । सरकार परिवर्तन सँगै प्रधानमन्त्री केपी शर्मा ओलीले लाइन जोड्न निर्देशन दिएका थिए ।

लगत्तै आयोगले पत्राचार गरेपछि प्राधिकरण पूर्ववत् निर्णयबाट ब्याक हुन बाध्य भएको हो । तीन महिनाभित्र डेडिकेटेड तथा ट्रंकलाइनको बक्यौता महसुल उठाउने निर्णय समेत गरिएको बताए ।

प्रकाशित मिति : ८ श्रावण २०८१, मंगलबार  ४ : १८ बजे