सुनको मूल्य घट्यो, कतिमा हूदैंछ कारोबार ?



काठमाडौं । स्थानीय बजारमा सुनको मूल्य घटेर कारोबार भएको छ । आज छापावाल सुन प्रतितोला ३०० रुपैयाँ घटेर एक लाख ४४ हजार ७०० रुपैयाँमा कारोबार भइरहेको सुनचाँदी व्यवसायी महासंघले जनाएको छ । आज तेजाबी सुन प्रतितोला एक लाख ४४ हजार रुपैयाँमा कारोबार भइरहेको छ ।

चाँदीको मूल्य २० रुपैयाँ घटेर एक हजार ७३० रुपैयाँमा कारोबार भइरहेको महासंघले जनाएको छ ।

प्रकाशित मिति : श्रावण ११, २०८१ शुक्रबार  ११ : ४३ बजे