कोशी प्रदेश सरकारबाट माओवादीका मन्त्रीहरुले बुझाए राजिनामा



काठमाडौं, ११ साउन । नेकपा (माओवादी केन्द्र)कोशी प्रदेश सरकारबाट बाहिरिएको छ । आज (शुक्रबार) सरकारमा सहभागी चार जना मन्त्रीहरुले सामुहिक राजीनामा बुझाएसँगै माओवादी सरकारबाट बाहिरिएको हो ।

कोशी सरकारमा माओवादीबाट गणेश उप्रेती, राजेन्द्र कार्की र नारायण बुर्जा मगर मन्त्री थिए । त्यस्तै, वन्दना झाँग राज्यमन्त्री थिईन् । उनीहरुले सामूहिक रुपमा मुख्यमन्त्री हिक्मत कार्कीसमक्ष राजीनामा बुझाएका हुन् ।

सरकारबाट बाहिरिएपनि माओवादीले समर्थन भने फिर्ता नलिने निर्णय गरेको छ । माओवादी कोशी प्रदेश संसदीय दलको आज बसेको बैठकले सरकारलाई दिएको समर्थन कायम राख्दै सरकारबाट भने बाहिरिने निर्णय गरेको थियो । कोशीमा अब केन्द्रीय गठबन्धन बमोजिम एमाले–कांग्रेसको सरकार बन्ने बताइएको छ ।

प्रकाशित मिति : श्रावण ११, २०८१ शुक्रबार  ७ : ३४ बजे