काठमाडौँ । राष्ट्रिय स्वतन्त्र पार्टीको महामन्त्री, प्रवक्ता र केन्द्रीय सदस्यबाट ‘निष्कासित’ मुकुल ढकालले आफूमाथि भएको कारबाही अवैधानिक भएको दाबी गर्दै निर्वाचन आयोगमा निवेदन दिएका छन्।
असार २५ गते आफूलाई पदबाट हटाइएको भनिएको निर्णय वैधानिक नभएको दाबी गर्दै उनले आइतबार आयोगमा निवेदन दिएका हुन्।
राजनीतिक दल सम्बन्धीको ऐनको दफा १८ ९२०, रास्वपाको विधानको व्यवस्था, संविधानको धारा २६९ ९४०, राजनीतिक दलसम्बन्धी ऐनअनुसार आफूमाथिको कारबाही अवैधानिक भएको उनको निवेदनमा जिकिर गरिएको छ।
कारबाही विधिसंगत नभएकाले आफू पदमा बहाल रहेको दाबी ढकालले निवेदनमा गरेका छन्।














