काठमाडौँ– नेकपा (माओवादी केन्द्र)को पदाधिकारी बैठकले आगामी चुनाव एक्लै लड्ने निर्णय गरेको छ।
गएको शुक्रबारदेखि मंगलबार (आज)सम्म चलेको पदाधिकारी बैठकले यस्तो निर्णय लिएको प्रवक्ता अग्निप्रसाद सापकोटाले बताए।
‘गठबन्धन गर्दा अरु पार्टीको सन्तुलन मिलाउनुपर्ने भएकाले हाम्रो विचार, सिद्धान्त, कार्यदिशा लाने मौका मिलेको थिएन,’ उनले भने, ‘जनतामा जाने सुवर्ण अवसर हो। वर्गसँगको कडी टुटेको जस्तो भएको छ। जनतामा जाने निर्णय गरेका छौँ।’
सबै कम्युनिस्टहरूसँग ध्रुवीकरणको प्रयास गर्ने र अग्रगामी शक्तिहरूको मोर्चा बनाउनका लागि पहल गर्ने निर्णय भएकोसमेत उनको भनाइ छ।
बैठकले गाँउस्तरदेखि नै पार्टी पुर्नजागरण अभियान सञ्चालन गर्ने पनि निर्णय लिएको छ। प्रवक्ता अग्निप्रसाद सापकोटाले साउन २५ गतेका लागि स्थायी कमिटीको बैठक बोलाएको पनि जानकारी दिए।














